पोखरामा अनेरास्ववियूद्वारा प्रधामन्त्रीको पुत्ला दहन
"संसद विघटन गरेको भन्दै राष्ट्रि युवा संग र अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाए "
तपाईको प्रतिक्रिया





नेकपानिकट अनेरास्ववियूले पोखराको महेन्द्रपुलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
विद्यार्थीको प्रदर्शनका कारण पोखराको महेन्द्रपुल क्षेत्र अझै तनावग्रस्त बनेको छ ।प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच पटकपटक झडपको अवस्था सिर्जना भएको छ ।
पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरी बिच धकेलाधुकुल हुदाँ प्रहरीको बन्दुकको म्याग्जिननै खसेको छ । सोहिक्रममा प्रहरी जवान र विद्यार्थी नेता क्षितिज सापकोटा सामान्य घाइते भएका छन् ।
प्रधानमन्त्री ओलीले संविधान विरोधी हुदैँ संसद विघटन गरेको भन्दै राष्ट्रि युवा संग र अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि चौतर्फी विरोध भएको छ ।
Related