पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुहार तथा मुखको शल्यक्रिया सेवा सुरु
"सेवा नभएका कारण विरामीहरु निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशकै ठूलो र सुविधा सम्पन्न अस्पतालकारुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनुहार तथा मुखको शल्यक्रिया सेवा सुरु गरेको छ।
सेवाग्राहीहरुको सुविधालाई मध्य नगर गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाले आफ्नो मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको मुख तथा दन्तरोग विभागमा मंगलबार देखि सो सेवा सुरु गरेको हो।
मुख तथा दन्तरोग विभागमा अनुहार तथा मुखको शल्यक्रियाको सेवा नभएका कारण यस अघि विरामीहरु पोखराका निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका थिए ।
अस्पतालको मुख तथा दन्तरोग विभाममा गत बर्षदेखि डा। पूर्ण खनाल आएपछि थप सेवा प्रारम्भ गरिएको छ।
सेवा प्रारम्भ भएपछि दन्तरोग र अनुहारका विभिन्न सामान्य देखि जटिलखालका सल्यक्रिया ९अप्रेसन० समेत हुने छन्।
Related