प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदहरुले सर्वोच्चमा रिट पेश गरेका छन्।
नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार दिउँसो सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।
चारैजना प्रतिनिधिसभा सांसद हुन्।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो।
तर सबैको नागरिकता लगायतका आवश्यक डकुमेन्ट भेला गर्न गाह्रो भएकाले चार जनाले मात्र रिट दिएको सांसद पोखरेलले कृष्णभक्त पोखरेल बताए।
९० जनाले रिटमा समर्थन गरेर हस्ताक्षर गरेका छन्।
रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै अझै संसद जीवित रहेको आदेश गर्न सर्वोच्चसमक्ष माग गरिएको छ।

Related