प्रचण्ड–नेपाल पक्षले ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहित निर्वाचन आयोग जादैँ
तपाईको प्रतिक्रिया





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज (बुधबार) ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउँदै छ।
वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित सबै विवरण बुझाउन प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जान लागेका हुन्।
केपी ओली पक्षले मंगलबार नै आफ्नो समूहले गरेका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ भने प्रचण्ड–नेपाल समूह भने आज जानकारी गराउन जान लागेको हो ।
यसअघि नेकपा बनेपछि ४ सय ४१ सदस्यकाे विवरण आयोगमा बुझाइएको थियो। सोही विवरण प्रचण्ड-नेपाल पक्षले बुझाउन लागेका हुन्।
नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य हुनुपर्ने र ती सबैको विवरण, नागरिकतासहित सनाखत गर्नुपर्ने व्यवस्था छ।
Related