नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिएका छन् ।
वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।
पौडेलले भने– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईसँग प्रतिस्पर्धा गर्न तयार छु ।
ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने उनले बताए ।
‘मैले व्यक्ति विशेष, नाफा, घाटा हेर्ने होइन । लोकतन्त्रमाथि आएको संकटलाई सोचेर काम गर्ने हो । त्यसका लागि जीवनभरि लड्दै आएको छु । फेरि पनि लड्छु पौडेलले भने

Related