संसद विघटनविरुद्ध ‘दाहाल-नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने
तपाईको प्रतिक्रिया





नेकपाको प्रचण्ड-नेपाल समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार बसेकाे केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकाे भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
कार्यक्रमअनुसार साे समूहले पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।
आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १ हजार ५ सय १ जनाको संघर्ष समिति बनाइएको छ ।
त्यसैगरी शुक्रबार बिहान साढे ९ बजे बहुमत केन्द्रीय सदस्य र सांसदहरु उपस्थित भएर सर्वोच्च अदालतसहित निर्वाचन आयोगमा जाने निर्णय भएको पनि नेकपा स्राेतले बताएकाे छ ।
संघर्षका कार्यक्रम यस्ता छन्
१० गते- बिहान साढे ९ बजे माइतीघर र १२ बजे निर्वाचन आयोगमा केन्द्रीय कमिटी र संसदमा रहेका सांसदहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन । सोही दिन राजधानीमा पार्टी अध्यक्षहरुको तर्फबाट पत्रकार सम्मेलन
११ गते- प्रदेश कार्यालयको संयोजनात्मक छलफल
१२ गते- ७७ वटै जिल्लामा कार्यकर्ता भेला । प्रतिगमनको विरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन
१४ गते- राजधानी र जिल्लामा विरोध प्रदर्शन
२० गतेसम्म- नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला
२५ गतेसम्म- वडामा पार्टीको बैठक र भेला
२४ गतेसम्म- जनवर्गीय संगठनहरुको बैठक र भेला
बैठकले यस बीचमा राजधानीका विभिन्न ठाउँमा विभिन्न विराेधका कार्यक्रम आयाेजना गर्ने निर्णय गरेकाे छ ।
Related