• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्मलाको बन क्षेत्र संरक्षण गर्न उपभोक्ता समिती गठन

  •      /९ पुष २०७७, बिहीबार २०:३९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाकोटमा अवस्थित बन क्षेत्रलाई सामुदायिक बनमा दर्ता गर्न दुई छुट्टा–छुट्टै उपभोक्ता समिती गठन गरिएको छ ।

    अर्मलादेखि उत्तरतर्फ रहेको विसाल बन क्षेत्रको संरक्षण तथा सम्बर्धनका लागि उपभोक्त्ता समिती गठन गरिएको हो ।

    उक्त बन क्षेत्र महानगरकै सवैभन्दा ठुलो र घना बन क्षेत्र भित्र पर्दछ । उक्त क्षेत्र ठूलो वन क्षेत्र भएकोले संरक्षणका लागि दुई उपभोक्ता समिती गठन गरिएका हुन ।

    गठन गरिएका दुई उपभोक्ता समिती मध्ये अर्मला, कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समुह र म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समुह रहेका छन ।

    गुरुङ जातीहरुको विशेष वाहुल्य रहेको अर्मलाको बन क्षेत्र परम्परागत रुपमा नै उपभोग हुँदै आइरहेको थियो ।

    अर्मला, कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समुह तेज बहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको छ भने म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा सु.ईन्द्र बहादुर गुरुङ रहनुभएको छ ।

    वरिष्ठ समाज सेवी कर्णबहादुर गुरुङ्गको अध्यक्षता र सामुदायीक वन महासंघ गण्डकी प्रदेश उपभोक्ता समुहका सदस्य जीतबहादुर बस्नेतको उपस्थितिमा भएको उक्त भेलाले वन क्षेत्रले ठुलो भुगोल ओगटेकोले दुई वटा सामुदायिक समूह जिल्ला वन कार्यालय कास्कीमा दर्ता गर्ने निर्णय भएको जनाइएको छ ।

    समितीको सल्लाहकारमा कर्णबहादुर गुरुङ्ग संयोजक, तेज बहादुर गुरुङ, दुर्गा बहादुर गुरुङ, दिल बहादुर गुरुङ, जुम प्रसाद गुरुङ, दिल प्रसाद गुरुङ र खिमबहादुर गुरुङ सल्लाहकार सदस्य रहनुभएको छ ।

    अर्मला कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समुहको चार किल्ला मध्ये पूर्व दक्षिण तर्फ सैनीडाँडाको चौतारी,नपटा सम्मको

    किनारा, क्रीमुस्यो खोला तल्लो दोभान,भैसीं खोला पश्चिम तर्फ बाँगेभीरको पूर्व सीमाना सम्म उत्तरतर्फ रमाको डांडा सबै र अन्नपूर्ण

    संरक्षण क्षेत्रको सिमाना सम्म तथा दक्षिण तर्फ गर्लाङ्ग रिञ्जे जाने गौँडामुख, खुशीपानी तेर्सो बाटो, पत्थरी भिर, पुर्जे पाखा सम्मको सिमाना रहेको छ ।

    त्यसै गरि म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समुह अन्तर्गत पुर्व दक्षिण तर्फ त्रिशुली भीरको जरा,प्रौँलवयडांडा, ठुलो

    ढुंगा, क्युप्रहोँ थेवा डांडा पूर्व पट्टिको पाखा सम्म र खुत्हुँ डाँडा हुँदै उत्तर दक्षिण तर्फ मैजेडाँडाको देउराली ,ओलल्होबाट

    ¥याले पात्लेको सिमाना माथि धर्ती फाटाको खर्क सहित पश्चिम आवधी क्षेत्र सम्मको क्षेत्रफल ओगटेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.