पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
"कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।
डा. शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।
Related