युवतीकाे प्रयाेग गरी पूर्वसैनिकको ६ लाख लुट्ने व्यक्ति पक्राउ शुभेच्छा न्यूज /९ पुष २०७७, बिहीबार १०:०४ , प्रकाशीत युवतीको प्रयोग गरी लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । श्रेष्ठको समूहले गत ८ साउनमा सिन्धुली कमलामाई नगरपालिका– २ बस्ने भोलाबहादुर जर्घामगरलाई युवती प्रयोग गरी लुटेको थियो । भोला रत्नपार्कबाट कलंकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकी थिइन् । आफू पनि कलंकी जाने भन्दै लिफ्ट मागेपछि मोटरसाइकलमा राखेको र आफूलाई चोभारसम्म पुऱ्याउन उनले आग्रह गरेकी थिइन् । सोहीअनुसार उनले चोभार लगिदिए । चोभारको एकान्तमा पुगेपछि युवकलाई फलामको रड देखाएर तीन युवकले नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । ६ तोलाको सुनको सिक्री, मोबाइल, चस्मा र नगद सात हजार गरी ६ लाख ३५ हजार रुपैयाँको धनमाल लुटपाट भएको उनले बताएका छन् । घटनाको पाँच महिनापछि त्यसमा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् । युवतीसहित चारजनाको खोजी भइरहेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीलेजानकारी दिए । युवकले सुनको मोटो सिक्री लगाएको देखेपछि युवतीले उनलाई लुट्ने योजना बनाई लिफ्ट मागेकोसमेत खुलेको छ। पीडित भोला पूर्वसैनिक हुन् । नयाँ पत्रिकामा समाचार छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
युवतीको प्रयोग गरी लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाका लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो ।
श्रेष्ठको समूहले गत ८ साउनमा सिन्धुली कमलामाई नगरपालिका– २ बस्ने भोलाबहादुर जर्घामगरलाई युवती प्रयोग गरी लुटेको थियो ।
भोला रत्नपार्कबाट कलंकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकी थिइन् ।
आफू पनि कलंकी जाने भन्दै लिफ्ट मागेपछि मोटरसाइकलमा राखेको र आफूलाई चोभारसम्म पुऱ्याउन उनले आग्रह गरेकी थिइन् । सोहीअनुसार उनले चोभार लगिदिए ।
चोभारको एकान्तमा पुगेपछि युवकलाई फलामको रड देखाएर तीन युवकले नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।
६ तोलाको सुनको सिक्री, मोबाइल, चस्मा र नगद सात हजार गरी ६ लाख ३५ हजार रुपैयाँको धनमाल लुटपाट भएको उनले बताएका छन् ।
घटनाको पाँच महिनापछि त्यसमा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् । युवतीसहित चारजनाको खोजी भइरहेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीलेजानकारी दिए ।
युवकले सुनको मोटो सिक्री लगाएको देखेपछि युवतीले उनलाई लुट्ने योजना बनाई लिफ्ट मागेकोसमेत खुलेको छ। पीडित भोला पूर्वसैनिक हुन् ।
नयाँ पत्रिकामा समाचार छ ।
Related