• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओलीले सनकको भरमा विधटन गरेको संसद पुनर्स्थापना हुनुपर्छ: चित्रबहादुर केसी

  •    शुभेच्छा न्यूज  /९ पुष २०७७, बिहीबार १४:४६ ,  प्रकाशीत
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले सनकको भरमा संसद विधटन गरेको भन्दै संसद पुनःस्थापनाको माग गरेका छन् ।

    रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै संसद पुनःस्थापनाको माग गरेका हुन् ।

    संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै उनले संसद पुनर्स्थापनाको पक्षमा फैसला हुनुपर्नेमा जोड दिए ।

    उनले सडकबाट पनि संसद स्थापना भएको इतिहासको स्मरण गर्दै संसद पुनरस्थापना बाहेक अर्को विकल्प नभएको बताए ।

    अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भइरहेका बेला प्रधानमन्त्रीको निर्णयले त्यस्ता शक्तिहरूलाई बाटो खोलिदिएको दाबी गरे ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले प्रदेश संरचना खारेज गनुपर्नेमा जोड दिए ।

    विदेशी शक्ति केन्द्रको दबाव र स्वार्थका लागि नेपालका ठूला भनिएका दलहरूले संघीयता बोकेको दाबी गर्दै उनले उक्त संरचना खारेज गर्नुपर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.