संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले सुरु गर्यो आन्दोलन
"प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली "
तपाईको प्रतिक्रिया





नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।
बिहान पौने १० बजेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छ ।
प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ।
बिहीबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ।
Related