स्याङ्जामा बस र ट्रक आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।
शनिबार पुतलीबजार नगरपालिका-११ वगालेथोक नजिकै सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो।
अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक ठक्कर खाँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
८ जनाको स्याङ्जास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पाँच जनाको थप उपचारको लागि पोखराको जिएमसी अस्पतालमा रिफर गरिएको छ।
प्रहरीले ट्रक र बसलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ।

Related