पोखरा उद्योग वाणिज्य संघमा हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
घोषित प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीलाई उम्मेदार बनाइएको छ ।
प्रजापति यसअघि संघको कार्यसमितिमा वाणिज्य उपाध्यक्ष रहेका थिए भने चिनु संघको हालकी उपमहासचिव हुन् । यसैगरि पोखरेल हाल संघका महासचिव,विजुक्छे कोषाध्यक्ष तथा आचार्य र खत्री संघका कार्यसमिति सदस्य हुन् ।
कार्यसमितिका सदस्य बनेकाहरुमध्ये शोभा गौतम,भरत केसी र सुदनबहादुर कोइराला मात्र नारायणको नयाँ अनुहार रहेका छन् ।
नारायणको प्यानलले औद्योगिकसदस्यका उम्मेदवार बनेका बाँकी कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम शर्मा
भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी तथा एसोसियट उम्मेदवार बनेका हरिहर सापकोटा र
हर्कबहादुर अधिकारी हाल पनि कार्यसमितिका सदस्य हुन् ।
चुनाव आउँदो पुस २४ र २५ गते हुने छ ।

Related