• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला ; ओलीले चालेको कदम आत्मघाती

  •    शुभेच्छा न्यूज  /१३ पुष २०७७, सोमबार १०:३६ ,  प्रकाशीत
  • नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ ।

    भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो ।

    भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताउनुभयो ।

    उहाँले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनता माथिको विश्वसघात भएको बताउनुभयो ।

    पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिबाद गर्न र संबिधान बचाउन आव्हान गर्नुभयो ।

    भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंबैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

    भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशब कुँवर, मनरुपा सुबेदी, जेष्ठ कम्यूनिष्ट मन्चका पूर्व सदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुबेदी लगायतले सम्बोधन गर्नुभयो ।

    नेकपा पर्वतका सचिब सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणी शर्माले गर्नुभएको थियो ।

    भेलाले ५ बुँदे प्रस्ताब पारित गर्दैै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिबालय सदस्य खुम सुबेदीले जानकारी दिनुभयो ।

    १३५ सदस्यीय जिल्ला कमिटिमा १ सय १० जना नेकपाको संथापन पक्षमा रहेको सचिबालय सदस्य सुबेदीले बताउनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.