तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले सोचेको पनि थिइनँ : दाहाल
तपाईको प्रतिक्रिया





नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन्।
उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले तीन वर्षमै यो दिन देख्नुपर्ला भनेर नसोचेको बताए।
‘म आफैँ पार्टी एकताको प्रस्ताव लिएर केपी ओलीकहाँ पुग्दा सोचेको थिइनँ– तीन वर्षपछि तिनै ओलीविरुद्ध सडकमा आउनुपर्छ भनेर। अहिले हामी सडकमा छौं’ उनले भने,
ओली लोकतन्त्रवादी नभई निरंकुश भएको देशलाई भड्खालोमा हाल्न उद्यत रहेको आरोप दाहालले लगाए। बाम एकतालाई जनतालाई दुई तिहाइ जनमतले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको दाहालले बताए।
Related