पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध प्रदर्शन
"पाेखरामा ओली कदम विरुद्द प्रचण्ड–नेपालकाे प्रदर्शन "
तपाईको प्रतिक्रिया





संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोखरामा प्रदर्शन गरेकोे छ ।
नेकपा कास्कीको अगुवाईमा भएको प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाँबजारहुँदै पृथ्वीचोकमा पुगेर सभामा हाल कोरण सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी
षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा गरौं, भारतीय सेना लिम्पीयाधुरा छोड, उखु किसानका माग पूरा
गर, पार्टी एकता जिन्दावा, समाजवाद जिन्दावाद, समाजवाद उन्मुख जनताको जनवाद जिन्दावादलगायतका नाराहरु लगाउनुका साथै प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।
सभालाई नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
Related