प्रचण्ड नेपाल समुहले संसद विघटन विरुद्ध आज पोखरामा प्रर्दशन गर्दैछ ।
देशभर प्रर्दशन गर्ने कार्यक्रम अनुसार विहान ११ बजे पोखरा चिप्लेढुंगाबाट र्याली सुरु हुनेछ ।
नेकपा कास्कीको अगुवाईमा हुने प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने छ ।
कार्यक्रमलाई माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र प्रचण्ड पक्षका नेता खिमलाल देवकोटा , केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण) लगायतले सम्बोधन गर्ने छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध नेकपाको संंस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो।

Related