एसईईको फारम खुला, जेठमा परीक्षा शुभेच्छा न्यूज /१५ पुष २०७७, बुधबार १४:५३ , प्रकाशीत राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) फारम खुला गरेको छ । आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ । विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ। बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन । ‘कोभिड-१९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले खबरहबसँग भने । सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) फारम खुला गरेको छ ।
आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ ।
विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।
बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन ।
‘कोभिड-१९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले खबरहबसँग भने ।
सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो ।
Related