• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष सञ्चालन गर्ने

"पोखरामा २२औं सडक महोत्सव शुरु, "
  •    शुभेच्छा न्यूज  /१५ पुष २०७७, बुधबार २१:२४ ,  प्रकाशीत
  • पोखरामा अंग्रेजी नयाँ वर्षको अबसरमा २२ औं सडक महोत्सव शुरु भएको छ ।

    रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले नयाँ वर्ष अवसरमा बुधबार देखी शुक्रबारसम्म तीन दिनका लागि पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सवको आयोजना गरेको हो ।

    महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्धाटन गरे ।

    मुख्यमन्त्री गुरुङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सरकारले विनियोजन गरेको एक अर्बको व्यवसायीक जीवन रक्षा कोष संचालनको लागि अब छिट्टै दखास्त आव्हान गरिने बताए ।

    उनले कोरोनाबाट प्रभावित भएका व्यवसायीहरुलाइ थोरै भए पनि राहत उपलब्ध गराउने उद्धेश्यले सरकारले विनियोजन गरेको व्यवसायीक जीवन रक्षा कोषको रकम वितरणको लागि छिट्टै दखास्त आव्हान गर्ने तयारी भएको बताए ।

    ‘प्रभावित व्यवसायीको पहिचान गरी १।२ लाख दिन मैले चाहन्थे, तर एउटा कार्यविधिमा सवैका विचारलाई समेट्दै ५० हजार देखि १५ लाखसम्म व्याज मिनाहा गराउने गरी यो कोषको रकमलाई प्रयोग गर्ने योजनामा छौं।’

    उनले केही समय पहिले दखास्त आव्हान गरे पछि कोषको रकम बचत हुने अबस्था देखिएपछि पुनः ठुला लगानी कर्तालाई समेत समेट्ने गरी आफुले योजना बनाएको बताए ।

    मुख्यमन्त्री गुरुङले कोरोना कहरका कारण विगत लामो समय घुमघाम गर्न नपाएका आन्तरिक पर्यटकलाई उत्साहित गरेको बताए । उनले अब विस्तारै पर्यटकहरुको आगमन बृद्धी हुने बताए ।

    ‘कोरोना संक्रमणले लामो समय देखि रोकिएको अन्तराष्ट्रिय उडानहरु सुचारु भएसंगै पर्यटकीय गतिविधिहरु बढ्ने छन्’ उनले भने ।

    महोत्सवले नौ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरुलाई उत्साहित गर्ने उनको भनाइ थियो ।

    कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन विषम परिस्थितिबीच पनि महोत्सवलाई निरन्तरता दिइएको आयोजकको दाबी छ ।

    रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।

    ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिएको छौं’ अध्यक्ष बराल भने ।‘महोत्सवको आयोजनासंगै पोखरा र यस आसपासको पर्यटन व्यवसायलाई चलायमान गराउन सहयोग गर्ने अपेक्षा गरेका छौं।’

    विगतका वर्षहरुमा महोत्सव ५ दिनसम्म आयोजना गरिदै आएको भएपनि यस वर्ष विभिन्न पक्षसँगको सल्लाह र सुझब अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै छोटो समय तय गरिएको उनको भनाइछ।

    महोत्सव संयोजक वसन्त गौतमले कोरोना प्रभावका कारण ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सवको आयोजना गरेको बताए।

    अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् ।

    यसपालि तडकभडक र तामझाम भने हुने छैनन् । यसपालि आतिशवाजी हुने छैन । महोत्सवमा गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेज रहका छन् ।

    सुन्तला, मह लगायत हस्तकलाका गरी २० स्टल बुक भइसकेको संयोजक गौतमले बताए । उनका अनुसार सुरक्षाका लागि लेकसाइड छिर्ने विभिन्न १९ नाकामा निजी सुरक्षा दल तैनाथ गरिएको छ।

    महोत्सव सुरु अघि खहरेदेखि ¥याली सुरु भई मितेरीपार्क अगाडि पुगेर उद्घाटन समारोहमा परिणत भएको हो ।

    महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोक सम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

    महोत्सवका अबसरमा पश्चिमाञ्चल होटल संघले कोठा भाडामा ५० प्रतिशत छुट दिने घोषणा यस अघिनै गरिसकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.