पोखरा उद्योग वाणिज्य संघमा सुवेदीको प्यानल घोषणा शुभेच्छा न्यूज /१५ पुष २०७७, बुधबार २१:०० , प्रकाशीत पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवार विन्दु कोईराला सुवेदीलेपनि प्यानल घोषणा गरेकी छन् । उद्योग तर्फकी उपाध्यक्ष सुवेदीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी अध्यक्षमा आफ्नो उमेदवारीसहित प्यानल घोषणा गरेकी हुन् । यसअघी बरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले अध्यक्षमा आफूसहित प्यानल घोषणा गरिसकेका छन् । विन्दु प्यानलको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् । यस प्यानलबाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिइएको छैन । विन्दु प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन । अध्यक्षमा उमेदवारी दिएकी सुवेदीले १४ वर्ष संघमा बिताईसकेकी छन् । उनी कार्यकारिणी सदस्य, उपाध्यक्षहुँदै अध्यक्षको प्रत्यासी बनेकी हुन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवार विन्दु कोईराला सुवेदीलेपनि प्यानल घोषणा गरेकी छन् ।
उद्योग तर्फकी उपाध्यक्ष सुवेदीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी अध्यक्षमा आफ्नो उमेदवारीसहित प्यानल घोषणा गरेकी हुन् ।
यसअघी बरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले अध्यक्षमा आफूसहित प्यानल घोषणा गरिसकेका छन् ।
विन्दु प्यानलको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् ।
यस प्यानलबाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिइएको छैन ।
विन्दु प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् ।
१० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।
अध्यक्षमा उमेदवारी दिएकी सुवेदीले १४ वर्ष संघमा बिताईसकेकी छन् । उनी कार्यकारिणी सदस्य, उपाध्यक्षहुँदै अध्यक्षको प्रत्यासी बनेकी हुन् ।
Related