पर्वतको जलजला गाउँपालिका वडा नं ९ बनौँमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ सालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जिप दुर्घटना हुँदा जिपमा सवार तीनजनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
जिपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुरुषोत्तम चापागाईं, वडा नं ९ बनौँ घर भई सोही जिपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सडकमा गुडिरहेको जिप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए ।

Related