• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका मुख्यमन्त्री भन्छन् : प्रचण्ड–नेपाल समूहका मन्त्रीलाई हटाउँदिन

"गुरुङले आफू अझैं पनि पार्टी एकताको पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षका मन्त्रीहरुलाई नहटाएको दावी  "
  •    शुभेच्छा न्यूज  /१५ पुष २०७७, बुधबार १४:२८ ,  प्रकाशीत
  • केन्द्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएपछि वागमती र प्रदेश नम्बर१ का मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव पेस गरिसकेको छ ।

    पार्टीमा विभाजन आएपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ ।

    तर, गण्डकी प्रदेशमा जनमोर्चाको समर्थनसंगै बलियो देखिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन्।

    पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको एउटा सत्रमा बुधबार भाग लिंदै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिनँ ।’

    गुरुङले आफू अझैं पनि पार्टी एकताको पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षका मन्त्रीहरुलाई नहटाएको दावी गरे।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा तत्कालीन एमालेले २८ र माओवादीले जितेका १२ गरी नेकपाको एक्लै ४० सिट थियो ।

    तत्कालीन एमालेका २८ मध्ये २७ जना सांसद अहिले पनि केपी ओली पक्षमा छन् ।

    प्रचण्ड–माधव नेपाल पक्षका १३ मध्ये सभामुख नेत्रराज अधिकारीबाहेक १२ जना सांसद मात्र रहेकाले चाहेर पनि अविश्वास प्रस्ताव दर्ता गर्न सक्दैनन् ।

    उनीहरुलाई नेपाली कांग्रेसको साथ चाहिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.