सरकारले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अनुसन्धानमा बर्खास्त एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गरेको छ।
बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय लिएको हो। कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याकाण्डपछि विष्ट बर्खास्त भएका थिए ।
प्रहरी प्रधान कार्यालयको पत्रअनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो। बर्खास्त भएका विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्बहाली माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।
पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै दुवैलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।
मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो।

Related