• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आकर्षक पर्यटकीय गन्तब्य अन्नपूर्ण आधार शिविर खुला गरिदै

"घान्द्रुक र विश्वप्रसिद्ध अन्नपूर्ण आधार आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला  "
  •    शुभेच्छा न्यूज  /१८ पुष २०७७, शनिबार २०:३९ ,  प्रकाशीत
  • अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ ।

    साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने भएको हो ।

    कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुला गर्न लागिएको बताइन्छ ।

    सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलाउँदा पर्यटकको आउँजाउँ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले हालसम्म बन्द गरिएकामा आगामी जनवरी १४(माघ १) देखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गर्ने निर्णय गरिएको समितिका अध्यक्ष किसम गुरुङले बताए ।

    उनले भने, “लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ । कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धरासायी हुने अवस्था आएपछि सबै खाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णय गरेका हौँ ।”

    समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको व्यवस्था गरेको छ । पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरुको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउँजाउँ गर्न सक्ने समितिले जनाएको छ ।

    घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन् ।

    छोमरुङ गाउँभन्दा माथि अन्नपूर्ण आधार शिविरसम्म भने स्वदेशी तथा विदेशी पर्यटकलाई पिसिआर अनिवार्य गरिएको छोमरुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले जानकारी दिए ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनापछि बन्द भएका पर्यटकीय गन्तव्य खुला हुनु सकारात्मक रहेको बताउनुभयो । गण्डकी प्रदेशमा घान्द्रुकबाहेक अन्य सबै गन्तव्य खुला भइसकेको उनको भनाइ छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले लामो समय घान्द्रुक नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँदै कोरोनासँग जुध्दै पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्नुको विकल्प नभएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.