• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद पहारीद्वारा लेकसाइडमा ढलान बाटो शिलन्यास

  •    शुभेच्छा न्यूज  /२० पुष २०७७, सोमबार १६:५८ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले पोखरा महानगर वडा न ६ स्थित नहरमार्ग ढलान बाटो शिलान्यास गरेका छ्न।

    उनले महत्त्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिगार्नु पर्ने भन्दै त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि परेको बताए।

    पहारीले गुणस्तरिय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानियलाई आग्रह गरे। उनले बिकास बाहेक आफ्नो कुनै सपना नभएको भन्दै आफ्नो निर्बाचन क्षेत्र उदाहरणिय बनाउन लागि परेको बताए।

    त्यस अबसरमा पहारिले आफ्नो गण्डकी प्रदेश निर्वाचन क्षेत्र कास्की ३९ख० मा संचालित बिकास आयोजनाहरुको बारेमा जानकारी समेत दिए।

    इन्जिनियर किरण आचार्यले समयमै सम्पन्न गर्न हरतरहले लागि पर्ने भन्दै स्थानीयहरुलाइ आफ्नो सहयोग र सहभागिता बढाउन आग्रह गरे।

    गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालय पुर्बाधार बिकास कार्यालयका इन्जिनियर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने भन्दै गुणस्तरमा कुनै कमजोरी हुन नदिने बताए।

    पर्यटन बोर्डका पुर्ब सदस्य एबम पर्यटन व्यावसायि अग्नि कडेलले बिकासमा सबै स्थानियहरु एक भएको भन्दै पर्यटनको केन्द्र लेकसाइडमा बिश्वकै ध्यान पुग्ने हुँदा यसको बिकास मात्रै नभै समय अनुसार यसको रुपान्तरणमा आफुहरु प्रतिबद्ध भएको बताए।

    पोखरा महानगर वडा न ६ का वडा अध्यक्ष जगत पाहारिले बिकास निर्माणका कार्य बिना बिबाद सम्पन्न हुनुपर्ने भन्दै त्यसकालागी वडा कार्यालय समन्वयमा सधै तयार रहेको बताए।

    सो शिलान्यास कार्यक्रममा होटेल एसोसिएसनका केन्द्रीय सदस्य भरतराज पराजुली ,पर्यटन बोर्ड पुर्ब सदस्य बासु त्रिपाठी,टान पश्चिमाञ्चलका दित्तिय उपाध्यक्ष कृष्ण आचार्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    करिब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कुल लागतमा सम्पन्न हुने बताइएको छ।

    बाटो ५ महिना भित्र सम्पन्न गर्ने गरि परिधी कन्स्ट्रक्सनले निर्माण कार्य शुरु गरेको हो।

    नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिब गोपि भट्टराई र स्वागत खहरे टोल बिकास संस्था अध्यक्ष खिमलाल पहारीले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.