कोरोनाबाट स्याङजा आँधीखोला घर भएका ५१ वर्षीय शिक्षकको मृत्यु सुभेक्षा न्युज /२० पुष २०७७, सोमबार १६:०९ , प्रकाशीत कोभिड–१९ (कोरोना भाइरस) बाट स्याङजा घर भइ डोल्पामा अध्यापन गराउँदै आएका एकजना शिक्षकको मृत्यु भएको छ। स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय शिक्षकको उपचारका क्रममा मृत्यु भएको हो। उनको डोल्पामा पुस १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। पुस १६ गते दिउँसो टाउको दुख्ने, वान्ता आउने तथा चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचाप, युरिक एसिडको दीर्घ रोगी भइ औषधि सेवन गरिरहेको बताइएको छ। उनको केही वर्ष पहिला मुटुको अप्रेसनसमेत भएको थियो। उनलाई सास फेर्ने नलीमा पाइप राखिएको र काठमाडौँस्थित ह्याम्स अस्पतालमा रेफर गरिएको थियो। उनका अनुसार सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्त सञ्चालन नभएको पाइएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोभिड–१९ (कोरोना भाइरस) बाट स्याङजा घर भइ डोल्पामा अध्यापन गराउँदै आएका एकजना शिक्षकको मृत्यु भएको छ।
स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय शिक्षकको उपचारका क्रममा मृत्यु भएको हो।
उनको डोल्पामा पुस १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए।
पुस १६ गते दिउँसो टाउको दुख्ने, वान्ता आउने तथा चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
मधुमेह, उच्च रक्तचाप, युरिक एसिडको दीर्घ रोगी भइ औषधि सेवन गरिरहेको बताइएको छ। उनको केही वर्ष पहिला मुटुको अप्रेसनसमेत भएको थियो।
उनलाई सास फेर्ने नलीमा पाइप राखिएको र काठमाडौँस्थित ह्याम्स अस्पतालमा रेफर गरिएको थियो।
उनका अनुसार सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्त सञ्चालन नभएको पाइएको छ।
Related