दुइसाता अधि मर्निङ वाकमा निस्केका अधिकारी मृत भेटिए शुभेच्छा न्यूज /२३ पुष २०७७, बिहीबार २१:४४ , प्रकाशीत कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत भेटिएका छन्। पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्दा पनि भेटिएका थिएनन्। बिहान गाउँकै एक महिला घाँस काट्न जाँदा उनी रुखमै झुन्डिएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन्। बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले बताए। शल्यक्रियापछि निकै पीडा भएपछि उनले यस्तो सहेर बस्नुभन्दा बरु मर्नु नै बेस भन्ने गरेको आफन्तले बताएका छन्। उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो। धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत भेटिएका छन्।
पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्दा पनि भेटिएका थिएनन्।
बिहान गाउँकै एक महिला घाँस काट्न जाँदा उनी रुखमै झुन्डिएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन्।
बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले बताए।
शल्यक्रियापछि निकै पीडा भएपछि उनले यस्तो सहेर बस्नुभन्दा बरु मर्नु नै बेस भन्ने गरेको आफन्तले बताएका छन्।
उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो।
धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन्।
Related