• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुष २४ गते शुक्रबार,यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

  •    शुभेच्छा न्यूज  /२३ पुष २०७७, बिहीबार १८:०३ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    दाम्पत्य सम्बन्ध वा माया प्रेममा बृद्धि हुनेछ । घर परिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । व्यापार व्यावासय अन्य दिन भन्दा फस्टाएर जानेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेको छ । मुद्दा मामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइ प्रति जिम्मेवारी बोध हुनेछ । बन्द व्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । लेखनकलामा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेको छ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    चिताएको काममा बाधा हुने तथा सोचे जस्तो नहुनाले दैनिक काम गर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ, ध्यान दिनुहोला । भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.