नेलम्बो नेपालले मादी गाउँपालिका स्थित सम्पूर्ण विद्यालय र गाउँपालिका कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।
संस्थाले त्यहाँ स्थित कुल ५० विद्यालय र गाउँपालिकालाई गरी एकमुष्ठ रु.तिन लाख ३९ हजार ६ सय २७ वरावरका सामग्री प्रदान गरेको हो।
त्यस अवसरमा ज्वरो नाप्ने थर्मल गन, विभिन्न प्रकारका माक्स, फेस सिल्ड, सेनिटाइजर, सावुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो /
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले नेलम्बो नेपालले कोरोना भाइरस संक्रमणको विषम परिस्थतीमा महत्वपूर्ण सहयोग गरेको जनाउँदै आभार प्रकट गरे।
अध्यक्ष गुरुङले नेलम्बाले गर्दै आएका शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रका गतिविधिमा गाउँपालिका सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले सामाजिक कार्यहरुलाई निरन्तरता दिर्दै आएको चर्चा गर्दै त्यसको मूल्याङकन जनताले गर्ने औँल्याए।
नेपाली संस्कारको महत्व माथि प्रकाश पादै अध्यक्ष देवकोटाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा त्यस्तो संस्कारको महत्व जीवन्त बनेको औल्याए ।
समाज कल्याण परिषद् मार्फत कास्कीका ४ वटै गाउँपालिका र पोखरा महानगरपालिकाका ३ वडामा संस्थाका क्रियाकलाप गर्न पाउने गरी स्वीकृतिको तयारी अन्तिम चरणमा पुगेको पनि उनले जनाए ।
संस्थाका जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सामग्रीको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै स्वास्थ्य प्रर्वद्घन अधिकृत निर्मला देवकोटाले सामग्री प्रयोगको विधि बारेमा प्रस्तुति राखेकी थिइन्।
कार्यक्रममा राष्ट्रज्वोती मावि सैमराङका प्रधानाध्यापक सुमना सुवेदीले सामग्री प्राप्त भएसँगै विद्यार्थीको पठनपाठनमा सहजता आउने भनाई राखिन्।
संस्थाले कोरोना संक्रमणलाई मध्येजनर गर्दै स्वास्थ्य सुरक्षाका सामग्री, खाध्य सामग्री र सचेतना मूलक पाठ्य सामग्री वितरण गर्दै आएको छ।
हालसम्म रु.९० लाख बढीको सामग्री वितरण गरेको पनि संस्थाले जनाएको छ ।

Related