• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा काँग्रेसको प्रदर्शन

  •    शुभेच्छा न्यूज  /२५ पुष २०७७, शनिबार १९:४८ ,  प्रकाशीत
  • सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ ।

    कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

    प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को

    विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परीणत भएको थियो ।

    विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए ।

    प्रदेश सभा क्षेत्र १ ‘ख’ को विरोध सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताए ।

    ‘सरकारले राम्रो गरेको हेर्न मन थियो, तर भएन, सभापति केसीले भने, जनताको सपना पार्टीको मुख्य योजना हो ।’

    विरोध सभामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, भानु ढकाल, पोखरा १४ का वडा सभापति बोधबहादुर कार्की र पोखरा १० की कार्यवाहक सभापति निर्मला कार्कीले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.