पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको निधन
"गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना संक्रमित एक महिलाको निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नं १३ की ८३ वर्षीय वृद्धाको उपचारको क्रममा निधन भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उहाँलाई पुष १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उहाँमा कोभिड न्युमोनिया, मधुमेह लगायतका समस्या रहेको पनि निर्देशनालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ पुगेको छ ।
Related