पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन्।
संघको शनिबार भएको मतदानमा अध्यक्ष कोइराल सहित उनको प्यानले बर्चस्व कायम गरेको छ।
अध्यक्षमा कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकतम प्रतिद्धन्दी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत ल्याएर पराजित भएकी छन्।अध्यक्षमा निर्वाचित कोइराला र प्रत्यासी सुबेदी बीचको मतान्तर ४ सय १० रहेको छ।
अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पराजित सुवेदी निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् ।
त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कोइराला प्यानलका अर्जुन पोखरेल विजयी भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार प्रजापति निर्विरोध निर्वाचित भएका थिए ।संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा विन्दुको प्यानलका धनराम बराललाई पराजित गर्दै कोइरालाको प्यानलका सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भएका छन् ।
आचार्यले विन्दुको प्यानलका तारानाथ ढुंगानालाई पराजित गरेका हुन् ।संघको उपमहासचिवमा केशवबहादुर खत्री निर्वाचित भएका छन् ।
निर्वाचनमा कोईराला प्यानलका अधिकांस सदस्यहरु बिजयी भएका छन् । खुल्ला १० सदस्यीय पदका लागि कोइराला प्यानलका ७ जना बिजयी भएका छन् । सुवेदी प्यानलबाट १ र स्वतन्त्र २ जना उमेदवार बिजयी भएका छन् ।
कोईराला प्यानलकी शोभा गौतम सर्वाधिक १ हजार ७ सय मत प्राप्त गरेर सदस्यमा निर्वाचित भएकी छन् ।
त्यस्तै कोइराला प्यानलकै देवेन्द्र केसी १ हजार ६ सय ८५, कुमारी मुना बास्तोला १ हजार ६ सय २६ मत ल्याएर बिजयी भएका छन् ।
संघको अन्य सदस्यमा हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी १ हजार ३ सय २३, दीनेशचन्द्र बास्तोला १ हजार २ सय ८२ सुदन बहादुर कोइरालाले १ हजार २ सय ३८ मत प्राप्त गरेर बिजयी भएका छन् ।
विन्दु कोइराला सुवेदी प्यानलकी पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत प्राप्त गरी बिजयी भएकी छन् । स्वतन्त्र उमेद्वार उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ र सुदीप प्रधानाङ्ग १ हजार ४ सय १४ मत प्राप्त गरेर बिजयी भएका छन् ।
त्यस्तै, यसअघि सदस्य पदको वस्तुगततर्फ ४ जना विजयी भएका छन् ।निर्वाचनमा विजयी हुनेहरुमा बालकृष्ण कोइराला, राजेन्द्र गुभाजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल रहेका छन् ।
शनिबार सम्पन्न निर्वाचनको मत गणना आइतबार बिहान १० बजेबाट सुरु भएको थियो । कुल ३ हजार १५४ मतदाता रहेको संघमा २ हजार ३६५ (७४.९८ ) प्रतिशत मत खसेको थियो ।

Related