• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा १ करोड ८० लाखमा बन्ने वडा कार्यालय भवनको शिलान्यास

  •    शुभेच्छा न्यूज  /१ माघ २०७७, बिहीबार १९:०३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ ।

    रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

    दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

    १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

    शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

    उहाँले पोखरा महानगरपालिका विधि र कानुनको पालना गर्दै आफ्नो भिजन र मिसन अनुसार अगाडि बढेको बताउनुभयो ।

    उहाँले विकास र परिर्वतन रातारात सम्भव नहुने बताउँदै पोखरा महानगरबासीमा आसा र विश्वास लगाउने गरी काम गर्न आफू लागि परेको बताउनुभयो ।

    उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताउनुभयो। वडा कार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने बताउँदै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।

    वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

    गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताउनुभयो ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यालय भवन निर्धारित सयममै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गदै कर्मचारीभित्र र सेवाग्राही बाहिर हुने अवस्थाको अन्त्य गर्ने गरी कार्यालयहरुको डिजाइन गर्न इन्जिनियरहरुलाई निर्देशन दिनुभयो ।

    वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपा वडा नम्बर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी,

    नेपाली काँग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्धय प्रभा पन्त र किशोर बराल लगायतले बोल्नु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.