• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोभिड-१९ का कारण थलापरेको पोखराको पर्यटन क्रमश लयमा फर्किदैं

"अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त "
  •    शुभेच्छा न्यूज  /२ माघ २०७७, शुक्रबार १५:३३ ,  प्रकाशीत
  • राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् ।

    उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा झै अग्ला हिमशुङ्खलाको दृश्यले त झनै जोकोहीलाई मोहित तुल्याउँछ ।

    अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त छ, त्यत्तिकै

    जातजातिको बासस्थन, रैथाने परिकार, वेषभूषा, आतिथ्य सत्कार आदिले पोखराको पर्यटनलाई विश्व बजारसम्म फैलाएको छ । त्यसैले वर्षेनी लाखौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँको गन्तव्य पोखरा पर्ने गरेको छ ।

    सुन्दर र सफा शहरको उपमा पाएको पोखरामा चर्चित फेवाताल, बेगनासताल, रुपाताललगायत तालतलैया, पातले छाँगो, महेन्द्र गुफा तथा नजिकको सराङ्कोट डाँडा, रुपाकोट रिसोर्ट, शान्तिस्तुपा, फेवातालको शिरमा रहेको पञ्चासेडाँडा आदि प्राकृतिक छटाको सङ्गमले यसको सौन्दर्यतालाई निखारेको छ ।

    पोखरा शहर नजिक बनिरहेका पाँचतारे होटलका पूर्वाधार, साहसिक पर्यटनका पूर्वाधार, साराङकोटको विश्वकै लामो र द्रुतगतिको

    जीपलाइन, पर्वतको कुश्मामा शुरु भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो स्वीमिङ, बन्दिपुरमा बनिरहेको केबलकार आदि पूर्वाधारले पोखराको पर्यटन गन्तव्य विस्तार मात्र नभइ, पर्यटकको बसाई लम्ब्याउन पनि सहयोग पुगेको छ ।

    हिमाली सौन्दर्यताका साथै साहसिक पर्यटन तथा पोखरा आसपासका पर्यटकीय गन्तव्य र घरबास कार्यक्रमले पनि पर्यटकलाई तान्ने गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण करिब ठप्प प्रायः बनेको पोखराको पर्यटन विस्तारै तङ्ग्रिदैछ ।

    महामारी केही घटेको र छिट्टै महामारी सामान्य हुने आशमा पोखराका व्यवसायी मात्र नभइ, यहाँका पारखी पनि प्रतिक्षामा छन् । अहिले विस्तारै पोखराको पर्यटनले गति लिदैँछ ।

    आन्तरिक पर्यटक बाक्लिएका छन् भने विदेशी पर्यटक पनि हुलका हुल देखिन थालेका छन् ।

    बन्दाबन्दीका कारण करिब १० महिना ठप्पजस्तै भएको पोखराको पर्यटन विस्तारै लयमा फर्किने आँकलनसहित व्यवसायीले पूर्वाधार विस्तार तथा सेवा सुदृढीकरणमा लागेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.