मनकामना मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै; एकै दिन ५ हजारले गरे दर्शन
"मंसिरदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको संख्या बढ्दै "
तपाईको प्रतिक्रिया





प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ ।
कोरोना भाइरस (कोभिड-१९) का कारण ९ महिना बन्द भई गत २८ मंसिरदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो ।
हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए ।
उनका अनुसार शनिबार एकै दिन ५ हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन ४ हजार ५ सयले केबलकार चढेको बताए ।
Related