पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु
"गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९८ "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यही पुस २१ गते कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहेका उनको उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए।
उनमा कोरोना संक्रमणसँगै निमोनियाको संक्रमण भएको डा.शर्माले बताए ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९८ पुगेको छ ।
Related