कास्कीमा एक महिनामा ७५ जना पक्राउ, चोरीको आरोपमा ३ भारतीय समातिए
शुभेच्छा न्यूज /५ माघ २०७७, सोमबार २२:०१ , प्रकाशीत
जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ परेका छन् ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानीक गरेको तथ्याङ्क अनुसार विभिन्न मुद्धामा ६६ जना पुरुष र ८ जना महिला पक्राउ गरेको हो ।
पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् ।
एक महिनामा २७ वटा बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएको हो । त्यसैगरी आत्महत्या समेत निकै बढको देखिन्छ ।
आत्महत्याको मात्र १६ मुद्धा दर्ता छन् । त्यो बाहेकका लागुऔषद्य सम्बन्धि ११ अन्य मुद्धा गरि एक सय ६ मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ।
चोरीको आरोपमा ३ भारतीय पक्राउ
पोखरामा चोरीको आरोप प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ ।
पोखराको अमरसिंहचोकमा अव्यवस्थित बसोबास गरेका भारतीयले एक बृद्धाको रकम चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
भारतको विहार जोगवनीथाना घरभई अमरसिंचौरमा बसेका २५ वार्षिय सुवाष बन्जडा, २५ वर्षिय सिता देवी तिवारी र सोहि उमेरका सोनु तिवारीलाई नगद सहित रामबजार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद रु एक लाख एक हजार सात साय ७० रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
शुक्रवार पोखरा चाउथेँकी ६५ वर्षिया बृद्धा बैंकबाट रकम निकालेर सार्वजानिक बसमा घर जाने क्रममा रकम हराएको थियो ।
आफुसंगैको सिटमा बसेको भारतीयले रकम चोरेको हुनसक्ने भन्दै उनले प्रहरीलाई जानकारी गराएकी थिइन् ।
सोहि जानकारीको आधारमा प्रहरीले उनीहरुलाई अमरसिंह चौरबाट पक्राउ गरेको हो ।

Related