शुभेच्छा न्यूज /७ माघ २०७७, बुधबार १४:३३ , प्रकाशीत
कदोहोरीगायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ ।
उनको बुधबार बिहान ओम अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको हो ।
केही वर्षदेखि मिर्गौला फेल भएपछि नियमित डायलाइसिस गराउँदै आएका बानियाँको बुधबार बिहान साढे ३ बजे उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएको छ । उनी मधुमेह र उच्च रक्तचापका बिरामी समेत थिए ।
स्याङ्जाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनको जिन्दगी के छ र, मनको वेदना, पोखरा फेवाताल, लडाइँको लाहुरे लगायत दर्जनौं गीत चर्चित छन् ।
यस्तै, झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत रहेका बानियाँका रोइला, सालैजो तथा भजन संग्रहसमेत बजारमा आएका छन् ।
धेरै नवकलाकारलाई स्थापित गराउनमा उनले ठूलो सहयोग गरेको बताइन्छ । स्व. बानियाँका श्रीमती, २ छोरा र १ छोरी छन् ।

Related