• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शिक्षकको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

  •    शुभेच्छा न्यूज  /८ माघ २०७७, बिहीबार १४:१२ ,  प्रकाशीत
  • मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेेमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने ३२ वर्षीय धनबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

    विकलाई बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

    ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते बिहान हत्या भएको थियो । उनको हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ । शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए ।

    हत्यामा संलग्न अन्य पाँच जना भने अझै फरार रहेको एसपी खड्काले बताए । पक्राउ परेका विकको साथबाट एक थान अटोमेटिक पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली समेत बरामद गरेको छ ।

    त्यस्तै चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि फेला परेको थियो । गत मंसिर २३ गते घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।

    हत्यापछि त्यो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सुरक्षा प्रदान गरिरहेको छ ।

    घटनापछि विप्लव समूहले प्रतिकारको क्रममा ज्यान गएको दाबीसहित विज्ञप्ती जारी गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.