• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा गुफाको पूर्वाधार निर्माण शुरु,पर्यटनको विकासवाट मुलुकको समृद्धि ; मन्त्री लम्साल

"प्रदेश सरकारले रु. २५ लाख रकम यो वर्ष विनियोजन "
  •    शुभेच्छा न्यूज  /१२ माघ २०७७, सोमबार २१:२९ ,  प्रकाशीत
  • पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा पूर्वाधार निर्माणको काम थालिएको छ ।

    उक्त गुफामा पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रु. २५ लाख रकम यो वर्ष विनियोजन गरेको छ । पर्वती गुफामा पैदलमार्ग, तारबार, पर्खाल, मन्दिर लगाएतका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

    पार्वती गुफाको पूर्वाधार निर्माणको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको विकासवाट मुलुकको समृद्धि सम्भव भएको बताउनुभयो ।

    उहाँले मुलुकमा बढिभन्दा बढि बाह्य पर्यटक भित्र्याउने गरी संघ र प्रदेश सरकारले तयारी गरेपनि कोभिड(१९ का कारण प्रभावित भएको बताउनुभयो ।

    उहाँले अब कोभीड(१९ को संक्रमण कम हुँदै गएको र खोप पनि आइसकेकाले विस्तारै पर्यटनले फड्को मार्दै जाने बताउनुभयो । मन्त्री लम्सालले पर्यटन भित्र्याउनका लागि धार्मिक एवम् पर्यटकीय स्थलको ऐतिहासिक विशेषता जोडिएको कथालाई बेच्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले पाङ्ग, खुर्कोट संस्कृति एवम् धार्मिक पर्यटनका लागि महत्वपुणर् स्थल भएको बताउँदै त्यसका लागि सवैले मिलेरे नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

    पार्वतीले भगवान शिवलाई पति पाउँ भनि ब्रत बसेको स्थल र भगवान शिव र पार्वतीको क्रिडास्थलको रुपमा समेत परिचित उक्त ठाउँका पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचारप्रसारका लागि प्रदेश सरकारले सँधै सहयोग गर्ने उहाँको भनाई रहेको छ ।

    उहाँले प्रदेश सरकार उक्त क्षेत्रको विकासका लागि सवै सहयोग गर्न तयार रहेको बताउँदै नयाँ योजना लिएर आएमा आफुले सवै सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

    फरक प्रसंगमा मन्त्री लम्सालले आगामी वैशाखमा जुनसुकै हालता पनि चुनाव हुने बताउनुभएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ जनादेशका लागि आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गर्नुभएको भन्दै निर्वाचन कुनै पनि अवस्थामा नरोकिने बताउनुभयो ।

    मुलुकको विकास र समृद्धिका थुप्रै कामहरु बाँकी रहेकाले तीनिहरुलाई पूरा गर्नपनि निर्वाचनको विकल्प नभएको बताउनुभयो ।

    उहाँले पार्टीभित्रैका केहि तत्वहरुले मुलुकमा अराजकता निम्त्याउन खोजेको बताउँदै जनादेशमा जान डराउनेहरुको अब भविष्य नभएको बताउनुभयो ।

    उहाँले वैशाखमा हुने निर्वाचनवाट विकासवादी, काम गर्न सक्ने जुझारु नेतृत्वलाई मत दिएर जिताउनु समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लाग्ने विचार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ(खुर्कोट क्षेत्र र यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि कुश्मा नगरपालिका सँधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    सो अवसरमा गुफाका लागि आवश्यक जग्गा दान गर्ने १९ जना जग्गादातालाई सम्मान गरिएको थियो भने स्थानीले भजनकृतन समेत गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.