• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मापदण्ड विपरीत प्रदेशका मन्त्रीले लगाए कोरोना खोप

  •    सुभेक्षा न्युज  /१४ माघ २०७७, बुधबार २१:३२ ,  प्रकाशीत
  • कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ ।

    सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो ।

    तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्डविपरीत आफैं पहिलो खोप लगाएका छन् । मन्त्रीले पहिलो खोप लगाएको भन्दै आलोचना भइरहेको छ ।

    मन्त्री यादव यसअघि कोरोना संक्रमित भएका थिए।

    उनीपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

    मन्त्री यादवले कोरोनाविरूद्धको खोप (कोभिडसिल्ड)लाई लिएर विभिन्न अफवाह रहेकाले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए ।

    प्रदेश २ मा एकैसाथ ३ अस्पतालबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ ।

    प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरूद्धको खोप लगाउने अभियान सुरू भएको हो ।

    १० लाख डोज खोप बुधबारबाट थालिएको हो । सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.