क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक ब्याक्ति पक्राउ
शुभेच्छा न्यूज /१६ माघ २०७७, शुक्रबार ०९:४१ , प्रकाशीत
क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाँउपालिका वडा नम्वर ७ स्थायी घर भै पोखरा महानगरपालिका वडा नं ३० शिसुवा बस्ने ३८ वर्षका धिरजकुमार विश्वकर्मा रहेका छन् ।
आफु विगत लामो समय देखी बिदेश बसेको र युरोप, क्यानडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने भरमा ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने नियतले उनीहरुबाट रकम उठाएको भन्ने जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई अप अनुसन्धान कार्य अगाडी बढाईएको छ ।
धिरजले हाल सम्म ३३ जना व्यक्तिहरुबाट प्राप्त निवेदन अनुसार एकमुष्ट रकम नव्वे लाख एकहत्तर हजार पाँच सय रुपैयाँ उठाएको,बिश्वासमा पार्नको लागि बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका धिरजलार्ई ठगी सम्बन्धी कसूर अन्तरगतमुद्धा दर्ता गरी मंगलबार १३ गते पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले बताएको छ ।

Related