• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माघ २० गते मंगलबार कस्तो होला तपाइको भाग्य हेर्नुहोस राशिफल

  •    शुभेच्छा न्यूज  /१९ माघ २०७७, सोमबार २०:०२ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

    सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

    व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

    शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

    ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

    पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

    आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थ अभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ । इच्छाशक्ति बढ्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.