नेपालको विद्युत निर्यात गर्ने ढोका खुलिसक्यो ; प्रधानमन्त्री ओली
शुभेच्छा न्यूज /२२ माघ २०७७, बिहीबार २१:१० , प्रकाशीत
प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर प्रसारण लाइन र ढल्केवर सवस्टेनसको निर्माण भएपछि नेपाललाई विद्युत निर्यात गर्ने ढोका खुलेको बताएका छन् ।
कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गत पर्वत खुर्कोटस्थित सब स्टेशनको बिहीबार भर्चूअलरुपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले हिउँदमा नेपालमा विद्युत उत्पादन कम भएपनि वर्षायाममा आवश्यकता भन्दा बढी हुने विद्युत निर्यात गर्न सकिने बताएका हुन् ।
‘हिउँदमा अहिलेपनि केही विद्युत आयात गर्नुपरेको छ’ उनले भने ।‘वर्षायाममा भने अब हामीले विद्युत निर्यात गर्नु पर्छ यसका लागि हामीसंग आवस्यक पूर्वाधार बनिसक्यो ।’
प्रधानमन्त्री ओलीले अबका एकदुइ वर्षभित्र हिउँद याममा पनि नेपाललाई आवस्यक पर्ने विद्युत उत्पादन भइसक्ने दाबी गरे ।
‘हामीलाई दुवै मौसममा आवश्यक पर्ने विद्युत उत्पादन गर्ने गरि योजना बनाएका छौं, उनले भने, ‘ हामीलाई आवस्यक पर्ने विद्युत उत्पादन तत्कालै हुनेगरी अगाडी बढिसकेका छौं।’
विद्युत निर्यातका लागि भारत, बंगलादेश जस्ता देशहरूसँग कुरा भइरहेको प्रधानमन्त्री ओलीले दाबी गरे ।
‘विद्युत निर्यातका लागि हामीले भारत,बंगलादेश लगायतका मित्र राष्ट्रहरूसँग विद्युत व्यापार सम्बन्धमा कुराकानी भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने ।, ‘यसका लागि राष्ट्र–राष्ट्रबीच सम्झौता गर्ने चरणतर्फ अगाडी बढिरहेका छौ।’
प्रधानमन्त्री ओलीले विद्युतको प्रसारण ग्रिड कनेक्सनका लागि विमस्टेक बैठकमा सैद्धान्तिक सहमति भइसकेको बताए ।
उनले देश विकासमा ठूलो फड्को मारेको बताउदै कोभिड–१९ ले प्रभाव पारे पनि समृद्धीको यात्रामा अगाडि बढिरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पर्वत पुगेर खुर्कोट सब स्टेशन उद्घाटन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री के.पी. शर्मा ओली आउने कार्यक्रम थियो ।
अन्तिम समयमा प्रधानमन्त्री नआएपछि मन्त्री रायमाझि उद्घाटनका लागि पर्वत पुगेका हुन् ।
प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसार सहित सब स्टेसनमा भव्य तयारी गरिएको भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो ।
दक्षिण एसियामै सबभन्दा पहिले १९६७ देखि नेपालमा विद्युत उत्पादन भएको भन्दै उनले उत्पादन थालेको १०५ वर्षसम्म बिजुली उत्पादनमा उल्लेख्य उपलब्धी हासिल हुन नसकेको बताए ।
विगत केही वर्ष यतामात्र बिजुली उत्पादन वृद्धि भएको उनको भनाइ छ।
म्याग्दीको दानादेखि बुटवल जोड्ने यस प्रसारण लाइनको अहिले दानादेखि पर्वतको कुश्मासम्मको खण्डमात्र पूरा भएको छ ।
यस खण्डमा ४० किलोमिटर प्रसारण लाइन र दुइटा सवस्टेसन निर्माण भएको आयोजनाका प्रमुख चन्दन घोषले जानकारी दिए।
कालीगण्डकी नदी र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि दानादेखि कुश्मासम्म एक खण्ड र कुश्मादेखि बुटवलसम्म अर्को खण्ड गरी निर्माण भइरहेको छ।
कुश्मादेखि बुटवलसम्मको काम ५० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ।

Related