• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बन्दको बिकल्प खोज्न पोखराका पर्यटन व्यवसायीको आग्रह

  •    शुभेच्छा न्यूज  /२२ माघ २०७७, बिहीबार २०:३९ ,  प्रकाशीत
  • पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

    परिषद्ले कोभिड-१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको हो ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बन्द हडतालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेशगरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ ।

    त्यसैले बन्द हडताल चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।”

    विज्ञप्तिमा राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवनयापनमा भूमिका खेल्दै नागरिकमैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड-१९ को महामारीकाबीच विभिन्न खाले आन्दोलन, बन्द हडतालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ ।

    कोभिड-१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हडताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दललाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।

    यसैबीच परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ ।

    पटकपटक हुने बन्द हडताल र अव्यवहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निराशा छाएको जनाउँदै परिषद्ले सहज र सरल वातावरणको लागि सरकारसँग आग्रह गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.