• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राजारामको पहिलो कृति ‘लकडाउन–१२०’ गीतिसंग्रह विमोचन

  •    शुभेच्छा न्यूज  /२६ माघ २०७७, सोमबार १०:४१ ,  प्रकाशीत
  • पत्रकार राजाराम पौडेलको पहिलो कृति ‘लकडाउन–१२०’ गीतिसंग्रह शनिबार पोखरामा विमोचन भएको छ ।

    पोखरा थिएटरद्धारा आयोजित कार्यक्रममा पोखरा न्युज डट कमका वरिष्ठ सम्वाददाता पौडेलको कृतिको विमोचन गरिएको हो । पुस्तकमा लकडाउनको समयमा सिर्जना गरिएका गीति शैलीका रचनाहरु समेटिएका छन् ।

    गीतिसंग्रहको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

    नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

    विमोचन कार्यक्रमकी प्रमूख अतिथि प्राज्ञ कोइरालाले पत्रकारका रुपमा परिचित कृतिकार अब गीतकारका रुपमा नेपाली समाजमा सकारात्मक सन्देश फैलाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नु भयो, “राजारामको लकडाउन एउटा सुन्दर सिर्जनामा परिणत भयो । मानवीय भोगाइ र संवेदनाहरु अक्षर—अक्षरमा गीत, गजल र कविता बनेर पोखिए ।”

    कार्यक्रमका विशेष अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बिजीले लकडाउनको समयलाई राम्रोसँग सदुपयोग गरेकोमा कृतिकार पौडेललाई बधाइ दिनुभयो ।

    गीतकार समेत रहनुभएका बिजीले सार्वजनिक भएको संग्रहलाई सफल पार्न प्रतिष्ठानले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ एउटा पत्रकारले गीतिसंग्रह सार्वजनिक गरेको देख्दा आफू हर्षित भएको बताउनुभयो ।

    पोखरामा रंगपत्रकारितामा सबै भन्दा धेरै कलम चलाउने पत्रकारका रुपमा स्थापित भएको भन्दै पौडेलको समय व्यवस्थापन र मेहनत गर्ने खुबीको श्रेष्ठले प्रशंसा समेत गर्नुभएको थियो ।

    प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले पत्रकारलाई आजदेखि गीतकारका रुपमा पनि परिचित गराउँन पाउँदा खुशी लागेको बताउनु भयो ।

    पौडेलका गीतहरु गाउने चाहना आफूभित्र रहेको उहाँको भनाइ थियो । पत्रकार पौडेलले लकडाउनको समयमा पाएको फुर्सदको समयलाई सदुपयोग गरेर सिर्जनालाई मूर्तरुप दिएको बताउनु भयो ।

    आगामी दिनमा थप परिष्कृत हुँदै सिर्जनमा लागिरहने प्रण उहाँले त्यस अवसरमा व्यक्त गर्नुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.