रुपन्देहीको भलवारीमा सुविधा सम्पन्न होटल सञ्चालनमा
"रोजगारीमा स्थानियलाई प्राथमिकता "
कृष्ण अन्जान ज्ञवाली /२९ माघ २०७७, बिहीबार २०:५२ , प्रकाशीत
रुपन्देहीको भलवारीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।
पर्यटन प्रवद्र्धन गर्दै स्थानीय युवालाई रोजगारी दिने योजना सहित निर्माण गरिएको होटल हिडन प्यालेस प्रालीले सेवा शुरु गरेको छ । होटल ब्यवस्थापनको जिम्मा २३ बर्षिय आभूषण खनालले सम्हालेका छन् ।
होटल परिसरमा विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटलका प्रबन्ध निर्देशक खनालले आफुहरुले गुणस्तरीय सेवासहित आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्याउने योजना अनुसार होटको स्थापना गरेको बताए ।
ब्यवसायसंगै पर्यटन प्रवद्र्धन गर्ने र स्थानीय युवाहरुलाई रोजगारी दिलाउने समेत आफ्नो मुख्य उदेस्य रहेको उनको भनाइ छ ।
निर्देशक खनालका अनुसार होटल हिडन प्यालेशमा सुविधा सम्पन्न ३४ वटा कोठा रहेको छन् । त्यसमध्ये २ वटा डिलक्स जुनियर स्विट, ९ वटा क्विन बेड रहेका छन् । अरु बाँकी २३ वटा ट्विन बेड रहेका छन ।
यसैगरी होटलमा अल डे डाइनिँग रेष्टुरेन्ट ,सेमिनार हल, हाउस डोम व्याँकिट हल, स्विमिँग पुल र बेकरी समेत निर्माण चरणमा रहेको प्रबन्ध निर्देशक खनालले जानकारी दिए ।
होटलले आगामी बर्ष हेल्थ क्लव, जिम हाउस, फन पार्क सँगै स्विमिँग पुल लगायतका सरचना निर्माण गरि सक्ने योजना सहित कार्य भैरहेको अध्यक्ष भुवन खनालले बताए ।
सुविधा सम्पन्न होटल
होटल भित्र पुग्दा पुर्ण पारिबारिक बाताबरण र स्थानिय स्वादको परिकार पाइने व्यवस्थापक बिनोद ज्ञवालीले बताए।
ब्यवस्थापनको जिम्मेवारी सम्हालेका ज्ञवाली करिव सात वर्ष बेलायतमा होटल म्यानेजनेन्टको अध्यन सकेर फर्किएका हुन् ।
होटलले युवाहरुलाइ लक्षित गरि भ्यालेन्टाइन डे स्पेशल इभेन्ट सँगै सप्ताह व्यापी सफ्ट ओपेनिँग कार्यक्रम सन्चालन गरिरहेको उनले बताए।
गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलहुदै आउने आन्तरिक तगा बाह्यि पर्यटक प्रवद्र्धन गर्ने उदेस्यले भलवारी क्षेत्रमा होटल सञ्चालनमा ल्याएको खनालले बताए ।
होटल निर्माण गर्न १७ करोडको लगानी भइसकेको र बाँकी काम गक्नका लागि थप ५० प्रतिशत लगानी बढ्ने अध्यक्ष खनालले बताए ।

Related