• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चितवनका दुई पत्रकार अधिकारी र श्रेष्ठ सम्मानित

  •    शुभेच्छा न्यूज  /३ फाल्गुन २०७७, सोमबार २१:१३ ,  प्रकाशीत
  • लक्की मिडीया हाउस चितवको पांँचौ बार्षिकोत्सवको अवसरमा सोमबार चितवनका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठ सम्मानित भएका छन ।

    प्रेस युनियन, चितवनका उपाध्यक्ष अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो ।

    यस्तै दुईदशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठ ‘पासा’लाई पनि सम्मान गरिएको छ ।

    भरतपुरमा आयोजित कार्यक्रममा पत्रकार द्धय अधिकारी र श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मीडीया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

    सो अवसरमा चिकित्सक,शिक्षाकर्मी, व्यवसायी, समाजसेवी र खेलाडीहरु पनि सम्मानित भएका छन ।

    चिकित्सा विधा अन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन ।

    शिक्षाकर्मी सम्मान अन्र्तगत ग्रीनल्याण्ड स्कुलकी प्राचार्य एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कुल, नारायणगढका प्राचार्य फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्राचार्य ओमराज मैनालीलाई सम्मानित गरिएको छ।

    यस्तै बार्षिकोत्सव अवसरमा सम्मानित हुनेहरुमा नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्की रहेका छन ।

    खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन । नवलपरासी –वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदिप भण्डारीलाई सम्मान गरिएको हो ।

    मीडीया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यत्तित्वलाई समेत सम्मान गरेको छ ।

    सुजन प्लानिङ्ग एण्ड कन्ट्रक्सन प्रालिका अध्यक्ष युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिटिट्रका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भएका हुन।

    सो अवसरमा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेललाई समेत सम्मान गरिएको छ् । यस्तै मीडीया हाउसले उत्कृष्ट कार्य गरेको भन्दै मीडिया हाउसकी बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत नगदसहित पुरस्कृत गरेको थियो ।

    सो अवसरमा बोल्दै लक्की मिडीया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौ बार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान गर्न पाउंँदा आफू अत्यन्त खुशी भएको बताए ।
    ‘कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भने, सम्मानले उहांँहरुलाई केही उत्साह र उर्जा मिल्ने हाम्रो विश्वास छ ।’

    कार्यक्रममा नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज

    अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी ,नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ लगायत उद्योगी व्यवसायी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.