• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा काँग्रेसको जुहारी;अदालतलाई दबाब दिन मिल्दैन–देउवा, पौडेल भन्छन,धम्क्याएको होइन,आग्रह हो

  •    शुभेच्छा न्यूज  /७ फाल्गुन २०७७, शुक्रबार ०८:५९ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एकै मञ्चमा कुरा बाँझिएको छ ।

    बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई सम्बोधन गर्नै क्रममा दुई नेताले एक संसद विघटनबारे फरक धारणा सार्वजनिक गरेका हुन् ।

    भाषणको क्रममा देउवाले संसद विघटनबारे बोल्न नहुने र अदालतको फैसला पर्खिनुपर्ने बताए भने पौडेलले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भन्दै नेपाली कांग्रेसले त्यसको खुलेर विरोध गर्नु पर्ने धारणा राखे ।

    सभापति देउवा आफूले भाषण गरिसकेपछि हतारमा भएको भन्दै कार्यक्रमबाटै बाहिरिएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादु देउवाले शुरुमै भाषण गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरे पनि सडकमा जुलुस लिएर जान नहुने बताएका थिए ।

    सभापति देउवाले संसद विघटनको विवाद अहिले अदालत गइसकेकाले आफूहरु पनि सडकमा निस्केर ओली या दाहाल–नेपालको पक्षमा उभिन नहुने तर्क राखे ।

    ‘संसद विघटन कि पुनस्र्थापना के गर्ने भन्ने भोलि अदालतले फैसला गरिहाल्छ नि !’ उनले प्रश्न गरे, ‘सडकमा जुलुस गरेर दबाब दिइराख्ने हो भने किन अदालत चाहियो ?’

    अदालतले संसद विघटनबारे जे फैसला गरे पनि नेपाली कांग्रेसले स्वीकार गर्न तयार रहनुपर्ने सभापतिको देउवाले भनाइ राखे । ‘आन्दोलनका लागि सडकमा हाम्रा क्रियाशील कार्यकर्ता नै आउदैनन् । हामीसँग पैसा पनि छैन,’ उनले भने ।

    वरिष्ठ नेता पौडेलले भने संसद विघटनको विरोधमा सडकमा उत्रिनुको विकल्प नभएको बताए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संसद विघटनको विरोधमा सडकमा उत्रँदा अदालतलाई धम्क्याएको नहुने तर्क राखे । लोकतन्त्रको पक्षधर नेपाली कांग्रेस भएकाले त्यसलाई बचाउनुपर्ने उनको माग थियो ।

    ‘यो संविधान, लोकतन्त्रको सच्चा पक्षधर पार्टी नेपाली कांग्रेस हो । संसदीय व्यवस्थाको सर्वोच्चता संविधान हो । अदालतले संविधानको अक्षरसः पालना गर्नुपर्छ,’ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘जनताको भरोसाको केन्द्र कांग्रेस हो । लोकतन्त्रको संरक्षण हामीले नै गर्ने हो ।’

    पौडेलले ‘लोकतन्त्रमाथि प्रहार’ भइरहँदा नेपाली कांग्रेसले हेरेर बस्न नहुने बताए । ‘योबेला अदालतले के गर्छ भनेर हेर्ने कि आफैं अग्रसर हुने हो ?’ उनले भने, ‘अदालतलाई धम्क्याएको होइन, आग्रह हो । हाम्रो जिकिर हो ।’ उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्र फाल्ने नियत राखेको आरोप लगाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.