• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

केपी शर्मा ओलीको सरकारले भ्रष्टचार र महंगी बढायो ; युवानेता पौडेल

"चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप "
  •    शुभेच्छा न्यूज  /१० फाल्गुन २०७७, सोमबार १०:०६ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भ्रष्टचार र महंगी बढाएको बताएका छन् ।

    नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् ।

    नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए ।

    नेकपाको दुई तिहाइ बहुमत प्राप्त सरकारले देशको सही नेतृत्व गर्न नसकेको उनको भनाइ थियो ।

    नेता पौडेलले ओली सरकारले ३ वर्षसम्म कुनै ठोस परिवर्तन हुने खकालका कार्य गर्न नसकेको बताउदै कोभिडको कारणले जनता अप्ठ्यारोमा पर्दा समेत सरकारले कुनै योजना ल्याउन नसकेको बताए ।

    उनले ओली सरकारले कृषकहरुलाई समयमा मल उपलब्ध गराउन नसकेको र चौतर्फी भ्रष्टाचार महँगी मौलाउदा समेत नियन्त्रको प्रयास नगरेको बताए ।

    नेता पौडेलले ओली सरकारले गराउने चुनाव निष्पक्ष हुन नसक्ने दावी गर्दै असंवैधानिक कदम नसच्चिई गरेको चुनावको वैधानिकता नहुने समेत बताए ।

    केपी ओलीका कदम नसच्चिएसम्म चुनावमा जानु असंवैधानिक कदमलाई स्वीकार्नु भएको बताउदै नेता पौडेलले काँग्रेस यस्तो कदम पछाडी नलाग्ने बताए ।

    ओलीको तानशाही व्यवस्थालाई लोकतान्त्रिकको संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गरेजस्तै भएको उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.